Wed Sep 28 2022
मुख्य खबर

दुई देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ– सरकारको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त भएका दुई देशका राजदूतले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहका बीच म्यानमारका लागि नेपाली राजदूत हरिचन्द्र घिमिरे र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ दिलाएको कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्कालगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।