Sat Sep 24 2022
मुख्य खबर

डा. केसीले २०औं पटक अनसन बस्नपर्नु लज्जाको विषय : डा. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक स्वास्थ्य शिक्षा क्षेत्र सुधारको माग राख्दै २० औँ पटक अनसन बस्नु सबैको लागि लज्जाको विषय भएको बताएका छन् ।

डा. केसीले २० औँ अनसन सुरु गरेको भोलिपल्ट मंगलबार सामाजिक सञ्जाल ट्वीटर मार्फत उनले उक्त कुरा बताएका हुन् ।

‘सार्वजनिक स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारको विषयलाई लिएर डा. केसीले २० औँ पटक अनसनमा बस्न पर्नु राज्य र हामी सबैलाई लज्जाको विषय हो,’ डा. भट्टराईले ट्वीटरमा लेखेका छन् ।

आफ्ना माग र आफूसँग गरिएका सहमति कार्यान्वयनको माग राख्दै डा. केसीले सोमबार धनगढीमा गई २०औँ अनसन सुरु गरेका हुन् ।

‘त्यहाँ विकृति विसंगति छ भन्ने हामी सबैले स्विकार्ने तर नसुधार्ने किन रु कैलालीको गेटा मेडिकल कलेजमा सबै पूर्वाधार बनिसक्दा सञ्चालन नगर्ने किन रु वेलैमा सोचौँ,’ डा. भट्टराईले भनेका छन् ।