Tue Sep 27 2022
मुख्य खबर

देश बचाउन एमालेलाई बहुमत आवश्यक छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बचाउनका लागि एमालेलाई बहुमत आवश्यक रहेको बताएका छन्।

सोमबार जनकपुरधाममा नेपाल बुद्धिजीवी परिषद्को प्रथम मधेस प्रदेश अधिवेशन उद्घाटन गर्दै ओलीले एमालेलाई सरकारमा जान मात्रै नभएर मुलुकलाई बचाउन, समृद्धिको बाटोतर्फ अघि बढाउन बहुमत आवश्यक रहेको बताएका हुन्।

उनले एमालेको नेतृत्वमा मात्रै देशका शिक्षा, स्वास्थ्य पूर्वाधार लगायतको विकास हुने बताए। आगामी निर्वाचनले देशप्रति समर्पित सरकार दिन सक्नुपर्ने पनि उनले बताए । अध्यक्ष ओलीले अहिलेको निर्वाचन सामान्य निर्वाचन नभएको र देशको भाग्य र भविष्यको फैसला गर्ने निर्वाचन भएको धारणा राखे।

उनले पछिल्लो १४ महिनामा गठबन्धनले देशलाई बर्बादीतिर लगेको आरोप लगाउँदै अर्को पाँच वर्ष फेरि गठबन्धनलाई दिन नहुने उल्लेख गरे।

ओलीले अबको निर्वाचन एमालेको पक्षमा नआए देश बर्बाद हुने समेत बताए ।