Tue Sep 27 2022
आर्थिक

नेप्से परिसूचक २१.३० अंकले वृद्धि

पछिल्लो समय निरन्तर रुपमा घट्दै आएको नेप्से परिसूचक आज केही बढेको छ ।

आज नेप्से सूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ३.८३ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.५९ अंकले बढेको छ ।

आज २३१ कम्पनीको ३१ लाख ४६ हजार ९९६ कित्ता शेयर ९२ करोड २५ लाख ७४ हजार ४०९ रुपैयाँमा कारोबार भएको छ । सोमवार २६ लाख १३ हजार ४५० कित्ता शेयर ८३ करोड १६ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको थियो ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको सूचक सकारात्मक देखिएको छ । जसमा फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै २.१३ प्रतिशतले बढेको छ । बाँकी उपसमूहको १ प्रतिशत भन्दा बढीले बढेको छ ।