Tue Sep 27 2022
मुख्य खबर

ओखलढुंगामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा विवाद

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नम्बर ३ मा गत आर्थीक बर्षमा सञ्चालन भएको प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको भुत्तानी अझै नपाएको पिडितहरुले गनासो गरेका छन ।

काम सम्पन्न भएको लामो समयसम्म पनि ज्याला नपाएको भन्दै श्रमिकहरु वडा कार्यालय नै घेराउन गर्न पुगेका हुन् । काम गरेका र नजिकका ब्यक्तीको खातामा सिधै रकम पुगेपनि आफुहरुले श्रमको मुल्य समेत नपाएको श्रमिकको गुनासो छ ।

प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका लागी वडा कार्यालयलार्य प्राप्त भएको १० लाख रुपौया बजेटमार्फत वडाभित्रका कुलो मर्मत तथा बाटो सुधारका लागि युवाहरु परिचालन गरिएको थियो । १० लाखको योजनामध्ये प्राविधिकले झन्डै साँढे ६ लाखको मात्रै काम भएको स्टीमेट निकालेको छ ।

स्टीमेट अनुसारको रकम समेत जिम्मेवारी लिएर काम लगाएका कतिपयले बेरोजगार सुचिमा सुचिकृत भएकाहरुबाट खातामा आएको रकम झिक्न लगाएर आफैले लिएको उनीहरुको आरोप छ ।

योजना जिम्मा लिएर काम लगाएका केही ब्यक्तीले भने वास्तविक कामदारहरुलाई काम अनुसारको रकम बुझाईसकेको दाबी गरेका छन । कामको ज्याला नपाएको गुनासो सहित वडा कार्यालय पुगेका युवाहरुलाई वडा अध्यक्ष सिताराम दाहालले आवश्यक समन्वय गरेर समस्या समाधान गर्ने आश्वासन बाढेका छन् ।

सरकारबाट ग्रामिण तहका बेरोजगार युवा लक्षित आउने यस्ता कार्यक्रमहरुमा समेत नजिकका तथा आसपासका ब्यक्तीलाई स्थान दिईदा वास्तविक बेरोजगार युवाहरु अझै ओझेलमा परिरहेका छन् भने काम पाईहालेका युवाले समेत भुक्तानी लिन निकै झन्झट खेप्नुपरेको प्रशस्तै उदाहरण छन् ।