Sat Oct 1 2022
अन्तर्राष्ट्रिय

भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित

भारतमा कोरोना भाइरसबाट थप पाँच हजार सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा पाँच हजार एक सय ८ जना नयाँ सङ्क्रमित भएका हुन् ।

भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या भने ४५ हजार सात सय ४९ रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पाँच हजार ६७५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म सङ्क्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या चार करोड ३९ लाख ३६ हजार ९२ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो एक दिनमा तीन लाख ५५ हजार २३१ जनाको कोरोना परीक्षण गरिएको थियो । भारतमा कोरोना भाइरस न्युनीकरणका लागि देशव्यापी निःशुल्क खोप अभियान चलाइ रहेपनि दैनिक रुपमा हजारौ मानिस सङ्क्रमित भइरहेका छन् । मृतकको सङ्ख्या भने पछिल्लो समय निकै घटेको पाइएको छ ।