Fri Oct 7 2022
मुख्य खबर

स्रोत नखुलेको रकमसहित दुई जना पक्राउ

राजविराज नगरपालिका–५ कुनौलीबाट स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत घर भएका ३६ वर्षीय मो। समसुर समेत २ जना छन् । उनीहरूलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।