Sat Sep 24 2022
मुख्य खबर

गुठीको समस्या समाधान गर्न सरकार उदासिन : खगराज अधिकारी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद एवम् पूर्वमन्त्री खगराज अधिकारीले सरकारले आफ्ना पार्टीका सांसदहरु निर्वाचित भएको क्षेत्रमा विकास, निर्माणका लागि विनियोजित बजेट पनि निकासा नदिएको आरोप लगाउनु भएको छ ।

आज प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उहाँले यस्तो आरोप लगाउनु भएको हो । प्रतिपक्षी दलमाथि प्रतिशोध साँध्ने गरी बजेट निकासा दिने काम किन नगरेको भन्दै सांसद अधिकारीले त्यसको जवाफ तत्काल दिन सरकारसँग माग गर्नु भयो ।

उहाँले गुठीयारहरुको समस्या समाधान गर्न सरकार उदासिन रहेकोे भन्दै आक्रोश समेत व्यक्त गर्नु भयो । केपी ओली नेतृत्वको अघिल्लो सरकारले ल्याएको सो सम्बन्धि विधेयकको विरोध गर्नेहरु अहिले सरकारमा रहेको उल्लेख गर्दै सांसद अधिकारीले ती समस्या समाधान गर्न सरकारलाई दवाव समेत दिनु भयो ।

सांसद अधिकारीले ओली नेतृत्वको अघिल्लो सरकारले गुठी समस्या समाधानका लागि ल्याएको सो विधेयक उपर गम्भीरतापूर्वक छलफल गरी गुठीयारहरुको समस्या तत्काल समाधान गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।