Sat Sep 24 2022
मुख्य खबर

थप ११९ जनामा कोरोना संक्रमण, १३० संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको १ हजार ९ सय ५५ पिसिआर परीक्षणका क्रममा ८९ जना र २ हजार १ सय २९ एन्टीजेन परीक्षणका क्रममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १ सय ३० संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल नेपालमा २ हजार १ सय ९१ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।