Thu Oct 6 2022
मुख्य खबर

सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिँदै

मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनै लाग्दा सांसदहरुले औपचारिक रुपमा धमाधम बिदा लिन थालेका छन ।

आज बसेको बैठकको शून्य समयमा कांग्रेसकी रंगमती शाहीले शून्य समयमा बोल्ने आफ्नो अन्तिम रहेको भन्दै सबैलाई आगामी निर्वाचनमा जितेर आउन शुभकामना दिँदै बिदा लिएकी छन ।

जनता समाजवादी पार्टीकी रेनुका गुरुङले पनि सबैलाई शुभकामना दिँदै बिदा लिएकी छन् । कांग्रेसका भरतकुमार साहले सभामुख, उपसभामुख, सांसद सबैलाई धन्यावाद दिएका दिँदै विदा भएका छन ।

निर्वाचन आयोगले मंसिर चार गते हुने संघीय निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्द सूची बुझाएसँगै मौजुदा संसदको कार्यकाल सकिने भन्दै संसद सचिवालयलाई पत्राचार गरिसकेको छ । जस अनुसार असोज १ गतेदेखि मौजुदा प्रतिनिधिसभाको कार्यकाल सकिनेछ ।