Sat Oct 1 2022
देश

चार दिन नेपाल बसेर स्वदेश फर्किए चिनियाँ नेता ली

काठमाडौँ । नेपालको चार दिने औपचारिक भ्रमण सकेर चीनका राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु स्वदेश फर्किएका छन् ।

सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका चान्सु् बिहीबार बिहान स्वदेश फर्किएका हुन् । उनलाई सभामुख सापकोटाले बिहीबार विहान ८ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

चान्सु् यही भदौ २७ गते अपरान्ह नेपाल भ्रमणमा आएका थिए । उनलाई सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।