Mon Sep 26 2022
मुख्य खबर

काभ्रेमा पहिरो जाँदा एकै परिवारका तीन जनाको मृत्यु

काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार ठूलीमायाँको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा ज्षन गएको हो भने नीर र सावित्रीको घटनास्थलमा नै मृत्यु भएको हो । पहिरो बिहीबार बिहान खसेको थियो ।