Fri Oct 7 2022
अन्तर्राष्ट्रिय

फ्रान्सले अक्टोबरको मध्यदेखि जर्मनीमा ग्याँस निर्यात क्षमता बढाउने

फ्रान्सको ग्यास सञ्जाल सञ्चालक कम्पनी जीआरटीग्याजले फ्रान्सबाट जर्मनीमा ग्यास निर्यातको लागि नयाँ क्षमता अक्टोबरको मध्यबाट उपलब्ध गराउने बताएको छ ।
बुधबार फ्रान्सको ग्यास कम्पनीले रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपको ऊर्जा प्रणालीमा परिवर्तन गरिएको बताएको हो ।

कम्पनीले फ्रान्सबाट जर्मनीमा निर्यातका लागि नयाँ क्षमता विकास गर्न आफ्नो सञ्जाल व्यवस्थित गर्ने काम गरिरहेको छ । यसले अक्टोबरको मध्यबाट सेवा उपलब्ध गराउनेछ ।

जीआरटीग्याजका अनुसार लिक्विफाइड नेचुरल ग्याँस एलएनजी आयात गर्ने फ्रान्सका टर्मिनलहरू ९० प्रतिशत क्षमतामा सञ्चालन भइरहेका छन्, जसले देशको सञ्चितिलाई ९४ प्रतिशतमा भर्न मद्दत गरेको छ जुन युरोपेली औसतभन्दा करिब १० अङ्क बढी हो ।