Tue Sep 27 2022
मुख्य खबर

काठमाडौं महानगरपालिका बिरुद्ध प्रदर्शन

नयाँ नेतृत्व आएसँगै काठमाडौं महानगरपालिकाले तिब्र रुपमा बढाएको गतिविधिको समर्थन र विरोध दुवै हुदै आएको छ ।

महानगरको कारबाही र सक्रियताबाट असर परेकाहरु विरोधमा छन् भने कानून अनुसार अघि बढेको भन्दै महानगरको समर्र्थन गर्नेहरुको पनि कमी छैन ।
काठमाडौं महानगरपालिका अहिले सुधारका कार्यक्रमहरुमा निकै सक्रिय देखिएको छ । नयाँ नेतृत्व आएसँगै फुटपाथका व्यापार हटाएर अघि बडेको महानगरले अनाधिकृत संरचना भत्काउन डोजर अभिया नै चलाएको छ ।

यस्तो अवस्थामा सडक व्यापार हटाएपछि स्वरोजगार व्यापार गर्नेहरु महानगरसँगै चिढीएका छन् । बिहीबार नेपाल स्वरोजगार व्यापार श्रमिक संघले काठमाडौं महानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । फुटपाथ व्यवसायीहरूले काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ र बिरोध गर्दै महानगरपालिकालाई ज्ञापन पत्र बुझाएका हुन् ।

त्यस्तै, नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटीका उपाध्यक्ष सनत ढकालले महानगरपालिकाले फुटपाथ व्यापारीहरुलाई गरेको अमानवीय व्यवहारको भत्र्सना गर्ने भन्दै आक्रोश पोखे । आफैँ स्वरोजगार भएकालाई सम्मान गर्नुपर्ने अवस्थामा महानगरले सत्ता र शक्तिको दुरुपयोग गरेको उनको आरोप छ ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघ वागमती प्रदेश कमिटी अध्यक्ष माया गुरुङले तीन दिन अगाडिदेखि समय माग गर्दा समेत मेयर साहले समय नदिएको गुनासो गरिन २ घण्टा गरिखाने वातावरण मिलाउन आफूहरुले माग गरेको उनले बताइन् ।

फुटपाथमा व्यापार गर्दै आएकाहरुले २–३ घण्टा व्यापार गर्न पाउनुपर्ने माग गरेको बताए । फुटपाथ व्यवसायका लागि विकल्प दिनु पर्ने उनिहरुको माग छ ।