Sat Sep 24 2022
मुख्य खबर

प्रचण्ड भन्छन् – ‘ओली भ्रष्टाचारमा लिप्त रहे’

आम निर्वाचन नजिकिएसँगै नेताहरुको चर्काे भाषण र एक अर्काप्रति आरोप प्रत्यारोप सार्वजनिक हुन थालेका छन् । मुलक गम्भीर राजनीति र आर्थिक संकट मा रहेको अवस्थामा राजनीतिक दलका नेताहरु नयाँ एजेन्डा र योजनाका कुरा भन्दा पनि आरोप प्रत्यारोपमा उत्रन थालेका हुन् ।

मुलकको राजनीति देश विकास र भ्रष्टाचार नियन्त्रणको चर्का भाषाणबाट गुज्रिएको लामो समय भइसक्दा पनि आमागी निर्वाचनमा पनि राजनीतिक दलहरुले तिनै मुद्दा मतदातालाई आश्वासन दिने निश्चित प्राय भइसकेको छ ।

त्यो बाहेक अन्य नयाँ एजेन्डा नभएको र सत्तामा जाने बाहेक अर्काे स्वार्थ नरहेका कारण शिर्ष नेताहरु पुरानै शैलीको भाषणमा व्यस्त छन । यसै सन्दर्भमा आज एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका छन् ।

बिहीवार काठमाडौंमा आयोजित नेपाल उद्योग व्यापार महासंघको प्रथम केन्द्रिय महाधिवेशनलाई सम्बोधन गर्दे दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने साइनबोर्ड राखेर भ्रष्टाचार मात्रै गरेको आरोप लगाएका हुन ।

प्रचण्ड अस्थिरताको कारक हो भन्नेहरुको कमी नरहेको र प्रचण्ड रहेसम्म देशले सुख नपाउने भन्नेसम्मका हौवा फैलाउने बुर्जुवा, दलाल, नोकरशाह र भ्रष्टहरुलाई माओवादीले चैनसँग बस्न नदिने उदघोष गरे ।

अध्यक्ष दाहालले राजनीतिक दल र उद्योगीहरुमा सामाजिक न्याय र आर्थिक विकासको नयाँ गति प्रदान गर्ने जिम्मेवारी रहेको भन्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको नारामा अहिलेसम्म उल्लेख्य प्रगति हुन नसकेको गुनासो गरे ।

नेपालको राजनीतिमा समस्या रहेको उल्लेख गर्दै उनले राजनीतिलाई सही बाटोमा ल्याएर देश विकासमा लाग्नुपर्ने बताए ।