Tue Sep 27 2022
मुख्य खबर

फुटपाथ व्यवसायीको आन्दोलन

यशोदा भण्डारी – फुटपाथ व्यवसायीहरुले फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै बिहीबार काठमाडौं महानगरपालिकाको कार्यलयमा विरोध प्रदशन गरेका छन् ।

नेपाल स्वरोजगार व्यापार श्रमिक संघको अगुवाईमा साना व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । चाडबाड नजिकिदै गर्दा आफूहरुले गरी खान नपाएको भन्दै व्यवसायीहरु महानगरविरुद्द आन्दोलनमा उत्रिएका हुन् । तर फुटपाथ पैदल यात्रुका लागि भएकोले पैदल यात्रुकै लागि प्रयोग गराउने महानगरको प्रयास राम्रो भएको भन्दै सर्वसाधारणले भने महानगरको कामको प्रशंसा गरेका छन ।

सडकपेटी तथा गल्लीहरुमा सानो व्यापार व्यवसाय गरेर जीवन निर्वाह गर्दै आएका श्रमिकहरुले आफूहरुले फुटपाथमा व्यापार गर्न पाउनु पर्ने माग राख्दै बिहीबार महानगर विरुद्ध प्रदर्शन गरेका छन ।

सडकको किनारामा व्यापार गरेर गुजारा चलाईरहेका व्यवसायीहरुको रोजि रोटी खोसिदा व्यापारीहरु महानगरसंग असन्तुष्ट छन् । महानगरले श्रमिकहरुको सामान जफथ गर्ने, हप्काउने, थर्काउने जस्ता अमानविय व्यवहार गरेको र कुनै विकल्पको व्यवस्था नै नगरी दुई छाक खान धौधौ पर्ने श्रमिकहरु बेरोजगार बनाउने काम गरेको भन्दै व्यवसायीहरु महानगरविरुद्ध आन्दोलित भएका हुन् ।

सहरलाई सुन्दर र व्यवस्थित पार्ने नाममा जिविकोपार्जनका लागि फुटपाथमा व्यवसाय गरिरहेकाहरुलाई महानगरले विस्थापन गर्न खोजेको व्यवसायीहरुको गुनासो रहेको छ । प्रदर्शनकारीले काठमाडौं महानगरपालिकाले स्वरोजगार श्रमिकमाथि दमन गरेको र त्यसविरूद्ध आफूहरू आन्दोलित हुन बाध्य भएको बताएका छन् ।

विरोधमा उनीहरूले कि रोजगार देऊ, कि स्वरोजगार हुन देऊ, हामीलाई गरीखान देऊ, स्थनिय गुण्डागर्दी बन्द गर जस्ता नारा अंकित प्ले–कार्ड प्रदर्शन गरेका थिए । महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढंगले लखेट्न खोजेकाले आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको प्रदर्शनकारीहरुले बताएका छन ।

चाडपर्व नजिकिदै गर्दा साना व्यापारीहरुले व्यापार व्यवसाय गर्न नपाएपछि उनीहरु महानगरविरुद्द खनिएका हुन् । व्यवसायीहरुले महानगरले आफूहरुको समस्याको समाधान छिटो भन्दा छिटो गर्दियोस् भन्ने चाहना व्यक्त गरेका छन् । तर फुटपाथ व्यापार गर्नका लागि नभएर पैदल यात्रुका लागि बनाइएको भन्दै महानगरले शहर व्यवस्थित गर्न थालेको कदमको सर्वसाधारणले भने प्रशंसा गरेका छन ।

फुटपाथ पैदल यात्रुका लागि भएपनि केहि मानिसको दैनिकीसंग जोडिएको विषय भएकोले महानगरले यस्तो व्यवसाय संचालनका लागि छुट्टै व्यवस्थिल स्थल तोक्न सके शहर पनि व्यवस्थित हने तथा व्यवसायीले पनि व्यवसाय गर्ने वातावारण पाउँन सक्छन ।