Mon Sep 26 2022
मुख्य खबर

राष्ट्रियसभा बैठक शुन्य समय : कसले के भने ?

राष्ट्रिय सभा बैठकको शुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले समसामयिक विषयमा आ–आफ्नो कुराहरु राखेका छन् । आज राष्ट्रिय सभाको शुन्य समयमा सदस्यहरुले डेंगु नियन्त्रणमा जोड दिदै अन्य जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बिहीबार राष्ट्रि सभाको बैठकमा शुन्य समयमा राष्ट्रिय सभा सदस्य उदयबहादुर बोहोराले जनताको समस्या लिएर भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई भेट्न गएपनि भेट नदिएको भन्दै गुनासो गरे । सांसदहरुलाई बाहिर कुराएर भेट नदिनु राम्रो नभएको उनले मन्त्रीहरुको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभा सदस्य गोमादेवी तिमल्सिनाले डेंगु नियन्त्रणका लागि किटनाशक औषधिहरु छर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराइन । उनले मिटरब्याजी पीडितहरुको समस्या समाधानका लागि सरकारले गरेको पहल जानकारी गराउन पनि माग गरिन् ।

राष्ट्रिय सभा सदस्य जयन्तीदेवी राईले पनि डेंगु नियन्त्रणमा सरकारले ध्यान नदिएको गुनासो गर्दै डेंगु नियन्त्रणका लागि विशेष अभियान नै सञ्चालन गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रिय सभा सदस्य भुवनबहादुर सुनारले ठगी मुद्दामा केसमा संलग्न मानिसलाई राष्ट्रिय मुस्लिम आयोगका अध्यक्षले भगाएको समाचार आएको भन्दै छानबिन गर्न माग गरे ।

यसैगरी सुन्य समयमा राष्ट्रिय सभा सदस्यहरुले दार्चुलाको महाकाली नदीमा आएको बाढीमा पाँच जनाको निधन र दश जना बेपत्ता भएको घटनाका पीडितलाई उद्धार, राहत र क्षतिपूर्ति, बुटवलमा भारतीय सीमाबाट बाबाजीको भेषमा मानिसहरु आएर बच्चा अपहरण गरेको अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।