Sun Sep 25 2022
मुख्य खबर

रौतहतटमा साइकलको ठक्करबाट एक बालिकाको मृत्यु

राजदेवी नगरपालिका-५ हजमिनिया पताहीमा साइकलको ठक्करबाट एक जना १० वर्षे बालिकाको मृत्यु भएको छ ।

सोही नगरपालिका-४ गढैया बस्ने १० वर्षीय सन्तोष साहले चलाएको साइकलको ठक्करबाट सोही नगरपालिका-६ मासटोल बस्ने अञ्जली कुमारी रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बुधबार बिहान साइकलले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको एएलएस न्युरो अस्पताल पर्वानीपुर बारामा उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।

हाल फरार साइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।