Fri Oct 7 2022
मुख्य खबर

उत्तरगङ्गा जलाशययुक्त आयोजनाको काम अगाडि बढाउन सांसदको आग्रह

प्रतिनिधिसभा सांसद कमल रोक्काले उत्तरगङ्गा जलविद्युत् आयोजना निर्माणका लागि पटकपटक प्रक्रिया अगाडि बढाउन आग्रह गरिए पनि सुनुवाइ नभएको गुनासो गरेका छन्।

आजको प्रतिनिधिसभाको बैठकमा उनले ढोरपाटन सिकार आरक्षलाई कुनै पनि समस्या नपर्ने गरी सो आयोजना तत्काल अगाडि बढाउन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको ध्यानाकर्षण गराए।

कूल आठ सय २८ मेगावाट क्षमताको सो आयोजना हाल अध्ययनको क्रममा छ। सो आयोजनाबाट निकास हुने पानीका विषयमा कुरा मिल्न नसक्दा प्रक्रिया अगाडि बढ्न सकेको छैन। केहीले आयोजनाबाट निकास हुने पानी बाग्लुङतर्फ नै खसाल्नुपर्ने धारणा राख्नछन्। धेरैले सो आयोजनाको पानी हाल उत्तरगङ्गा नदीकै प्राकृतिक बहाव अनुसार बग्न दिनुपर्ने बताउँछन्।

त्यस्तै सांसद रोक्काले ढोरपाटन शिकार आरक्षबाट स्थानीयवासीले लाभ लिने वातावरण बनाउनुपर्ने धारणा राखे।