Fri Oct 7 2022
मुख्य खबर

कांग्रेस महामन्त्री थापालाई डेंगु संक्रमण

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापालाई डेंगु संक्रमण भएको छ । उनी एक्कासि बिरामी भएपछि परीक्षण गर्ने क्रममा डेंगी संक्रमण पुष्टि भएको हो ।

अचानक शरीर दुख्ने र ज्वरो आउने भएसँगै उनको स्वास्थ्य परीक्षण गर्दा डेंगी देखिएको हो । अब केही दिन उनी आराम गर्ने र कुनै भेटघाट नहुने उनको सचिवालयले जनाएको छ। उनलाई १०४ डिग्री ज्वरो आएको थियो ।