Sat Oct 1 2022
मुख्य खबर

सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै हुँदैन : एमाले सांसद दाहाल

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद देवेन्द्र दाहालले सत्तारुढ गठबन्धनलाई आगामी निर्वाचनमा जनताले भोट हाल्नै नहुने जिकीर गर्नु भएको छ ।
निर्वाचनमा बहुमत ल्याउने र मुलुकलाई समृद्धि दिन्छु भन्न नसक्ने सत्तारुढ गठबन्धनलाई जनताले भोट हाल्न नहुने उहाँको भनाई थियो ।

आज राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले नेकपा (एमाले) ले भने आगामी निर्वाचनमा बहुमत ल्याएर मुलुकलाई समृद्ध बनाउने संकल्प लिएको दावी समेत गर्नु भयो । सांसद दाहालले सत्तारुढ गठबन्धनसँग मुलुक बनाउने नभई नेताहरु व्यवस्थापन गर्ने उद्देश्य मात्रै भएको आरोप समेत लगाउनु भयो ।

सांसद दाहालले सत्तारुढ गठबन्धनले मुलुकलाई फेरी अस्थिरतातर्फ लैजाने षडयन्त्र गरिरहेको उल्लेख गर्दै नेपाली जनताले उनीहरुलाई निर्वाचनमा मतदान नगर्ने दावी गर्नु भयो ।