Mon Sep 26 2022
मुख्य खबर

प्रतिनिधिसभाको अन्तिम बैठकलाई प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले सम्बोधन गर्ने

प्रतिनिधिसभाको अन्तिम दिन आज प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले संसद्मा सम्बोधन गर्ने गर्ने भएका छन् ।

आजको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पनि सम्बोधन गर्ने संसद् सचिवालयले जनाएको छ । आज संसद् बैठक दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डले भन्ने बोल्ने नबोल्ने तय भइसकेको छैन ।

यद्यपि, पार्टीका एक नेताले प्रधानमन्त्री बोल्ने भएपछि प्रचण्डले पनि सम्बोधन गर्ने बताए ।