Mon Sep 26 2022
अन्तर्राष्ट्रिय

पुटिनलाई मोदीको सुझावः यो युद्धको समय हैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार एउटा क्षेत्रिय समिटका दौरान रुसका राष्ट्रपति पुटिनलाई यो यूद्धको समय नभएको भनी भनेका छन् । स्मरण रहोस्, नयाँ दिल्ली र मस्कोको शितयूद्धको सुरुवात देखि नै वलियो समबन्ध रहेको छ । त्यसमाथि रुस भारतको सबैभ्दन ठुलो हतियार निर्यातकर्ता राष्ट्र पनि हो ।

तर फेब्रुअरीमा युक्रेनमा मस्कोको आक्रमण पछि भएको पहिलो आमनेसामने भेटमा मोदीले पुटिनलाई “महामहिम, मलाई थाहा छ यो युद्धको लागि सही समय होइन।” भनी हाकाहाकी भनेका हुन् ।

तेल र अन्य वस्तुको मूल्यवृद्धिका मुख्य कारण रुसले युक्रेनमा गरेको आक्रमण न हो । यद्धपि यस बिषयलाई लिएर भारतले रुसविरुद्ध उभिन चाहेको देखिँदैन ।

उज्बेकिस्तानको समरकन्द सहरमा भएको सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनका क्रममा मोदिले लोकतन्त्र, कूटनीति र संवादको महत्वमा जोड दिएका थिए । मोदिका अनुसार बिज्ञान प्रविधीको पथमा कसरी अगाडि बढ्ने भन्ने कुरामा दुई जनाको वार्तालाप भएको थियो ।

रूसी सेनाले युक्रेनमा ठूला रणभूमि असफलताहरूको सामना गरिरहेको बेला नै एससीओ शिखर सम्मेलन भएको छ । र पुटिनका लागि पश्चिमी प्रयासहरूको बावजुद आफ्नो देश पूर्ण रूपमा एक्लो छैन भनेर देखाउने अवसरको रुपमा रुससंगको भारतीय समबन्धले प्रतिनिधित्व गर्दछ। “मलाई युक्रेनको द्वन्द्वमा तपाईंको चिन्ता र तपाईंको अडान थाहा छ। हामी यसलाई जतिसक्दो चाँडो अन्त्य गर्न सक्दो प्रयास गर्नेछौं,” पुटिनले मोदीलाई भने।

तर पुटिनले युक्रेनको नेतृत्वले वार्तालाई अस्वीकार गरेको र युद्धको मैदानमा सैन्य माध्यमबाट आफ्नो लक्ष्य हासिल गर्न चाहेको पनि दाबी गरेका थिए।