Sat Sep 24 2022
Breaking News

हेलम्बुको खोलामा बेपत्ता शिक्षकको २२ घण्टापछि सकुशल उद्धार

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार २२ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।

डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु-१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उनको उद्धारको भएको हो । शिवाकोटीको स्वास्थ्य अवस्थ सामान्य रहेको र केहीबेरमा उनलाई काठमाडौ‌ लगिने तयारी भइरहेको छ ।

शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता भएका थिए । उनी सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुन् ।