Sat Oct 1 2022
मुख्य खबर

निलम्बित प्रधानन्यायाधीश जबरा निवासबाट निस्किने गाडीलाई पनि सोधपुछ

काठमाडौँ — प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवासमा जाने र बाहिरिने गाडीहरूलाई सोधपुछ गरेर मात्र भित्र जान र बाहिर निस्किन दिइरहेको छ ।

भित्रबाट गाडी निस्किँदा बाहिर रहेका सुरक्षाकर्मीले गाडी नम्बर, उनीहरूको नाम, कारभित्र भएका मानिसबारे सोध्ने र गाडी जाँच गरेर मात्र बाहिर निस्किन दिइरहेका छन् ।

सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन सरकारले आइतबार बिहान नेपाल प्रहरीलाई निर्देशन दिएसँगै उनको सरकारी निवासमा पनि सुरक्षा बढाइएको छ ।

सरकारले प्रहरी प्रधान कार्यालयलाई सर्वोच्च अदालतमा जबरालाई छिर्न नदिन निर्देशन दिएको छ । सरकारको निर्देशन पछाडि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउन बिहानदेखि व्यापक रुपमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

प्रहरी प्रधान कार्यालयले पनि जबराको सुरक्षामाका खटिएका सुरक्षा अधिकारीलाई सर्वोच्च जाने स्थिति नरहेको भन्दै सोहीअनुसार सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको थियो ।