Fri Oct 7 2022
देश

घुससहित पक्राउ परेका उपसचिव नेपालविरुद्ध दुईवटा मुद्दा दायर

काठमाडौं । घुससहित पक्राउ परेका पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

नेपाल काठमाडौं महागनरपालिका- १ स्थित होटल आर्यनाबाट ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका थिए । प्याराग्लाइडिङ सञ्चालनको लाइसेन्स बनाइदिने भन्दै नेपालले सेवाग्राहीसँग उक्त रकम घुस लिएको आरोप लागेको थियो । सोही ठाउँमा नेपालले रोकिराखेको गाडीमा १६ लाख ५० हजार रुपैयाँ पनि बरामद भएकोमा अख्तियारले त्यसमा पनि मुद्दा दायर गरेको छ ।

उनले सेवाग्राहीसँग सापटी भन्दै घुस लिएको आरोप लगाइएको छ । उक्त रकम बीबी एयरवेज प्रालिका सीईओ हरिभक्त श्रेष्ठले सापटीबापत दिएको नेपालले दाबी गरेका थिए ।

तर, नेपालले उक्त कम्पनीको काम गरेको देखिएपछि अख्तियारले घुस दाबी गर्दै मुद्दा दायर गरेको हो । घुस दिएको भन्दै श्रेष्ठलाई पनि प्रतिवादी बनाइएको छ ।