Mon Sep 26 2022
आर्थिक

३४ अंकले घट्यो नेप्से परिसूचक, १ अर्ब ६० करोडको कारोबार

आइतबार सेयर बजार परिसूचक नेप्सेमा झण्डै ३४ अंकको गिरावट आएको छ । केही दिनयता लगातार ओरालो यात्रामा रहेको नेप्सेमा यस दिन ३३.९७ अंकले गिरावट आउँदै १८७६.४१ विन्दुमा झरेको हो ।

आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ६.०४ अंकले घट्दै ३६५.८६ विन्दुमा ओर्लिएको छ । ३४ अंकले घटेको बजारमा आज १ अर्ब ६० करोड १८ लाख रुपैयाँ बराबरको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर कारोबार भएको छ ।

१३ वटा उपसूचक नै ऋणात्मक भएको बजारमा आज सबैभन्दा बढी ट्रेडिङ समूहको उपसूचक ३.२४ प्रतिशतले घटेको छ भने हाइड्रोपावर समूहको उपसूचक ३.०९ प्रतिशतले घट्न पुगेको छ ।