Mon Sep 26 2022
देश

यी हुन् स्थानीय चुनावमा खर्च विवरण नबुझाउने नगर प्रमुख/उपप्रमुखका उम्मेदवार (सूचीसहित)

निर्वाचन आयोगले गत स्थानीय तहको निर्वाचनमा खर्च विवरण नबुझाउने, ढिलो गरी बुझाउने नगर प्रमुख तथा उपप्रमुखका उम्मेदवारलाई जनही ४ लाख ५० हजारका दरले जरिवाना गरेको छ । खर्च बिवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई स्पष्टीकरण सोधिएको र सो चित्तबुझ्दो नभएपछि देशभरका ३ हजार ७ सय ५६ नगर प्रमुख÷उपप्रमुखका उम्मेदवार जरिवानामा परेका हुन् ।

आयोगले एक सूचना निकालेर जरिवानामा परेका उम्मेदवारको विवरण सार्वजनिक गरेको छ । आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई चुनाव खर्चको विवरण नबुझाउने तथा ढिलो बुझाउनेलाई गत साउन ३१ गते स्पष्टीकरण सोध्ने निर्णय गर्दै भदौ १ गते १ हप्ताको समय दिएर स्पष्टीकरण मागेको थियो ।

हेर्नुहोस् विवरण :