Sat Oct 1 2022
अन्तर्राष्ट्रिय

रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो कतारमा आयोजना हुने फिफा विश्वकपको दौरान सामाजिक संजाल इन्स्टाग्राममा सर्वाधिक प्रभावशाली फुटबलर बनेका छन् ।

अर्जेन्टिनाका लियोनल मेस्सी, ब्राजिलका नेयमार र फ्रान्सका केलियन एमबाप्पेलाई पछि पार्दै रोनाल्डो सर्वाधिक प्रभावशाली फुटबलर बनेका हुन् ।

एनालिस्ट कम्पनि निल्सन स्पोर्ट्सको डाटा अनुसार म्यानचेस्टर युनाईटेडका रोनाल्डोको औषत प्रति पोस्ट मूल्य ३.५ मिलियन भन्दा बढी रहेको छ ।

इन्स्टाग्राममा रोनाल्डोको फलोअर्स गत वर्षको भन्दा ४७ प्रतिशतले बढेको देखिएको छ । रोनाल्डोको फलोअर्स ४८० मिलियन रहेको छ।

सूचीको दोस्रो स्थानमा मेस्सी, तेस्रोमा नेयमार र चौंथोमा केलियन एमबाप्पे र पाँचौंमा भिनिसियस जुनियर रहेका छन् ।

इंग्ल्यान्डका जाडोन सान्चो सबैभन्दा प्रभावशाली बेलायती खेलाडीको सूचीमा छन् ।

एनालिस्ट कम्पनिले कतारमा हुने २०२२ को विश्वकपमा सहभागी हुने अपेक्षा गरिएका खेलाडीहरूको श्रेणी निर्धारण गरेको हो।