Fri Oct 7 2022
मनोरञ्जन

लगनगाँठो कस्दै कलाकार बुद्धि तामाङ

काठमाडौं । नेपाली चलचित्र जगतका लोकप्रिय कलाकार बुद्धि तामाङ विवाह बन्धनमा बाँधिने भएका छन् ।

बुद्धिले मकवानपुरकी अनु थिङ तामाङसंग असोज ७ गते लगठगाँठो कस्न लागेका हुन् ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ३ कुडवालमा जन्मिएका बुद्धिले ८० वटा भन्दा बढी नेपाली चलचित्र, म्युजिक भिडियो, नाटकमा अभिनय गरिसकेका छन् ।

सार्वजनिक समारोह, अन्तरवार्ताहरुमा उनलाई पटकपटक विवाह कहिले गर्ने भन्ने प्रश्नले हैरान बनाउथे । विवाहको कुरा निकाल्ने बित्तिकै पन्छिने गरेका तामाङले अनुसँग तामाङ संस्कारमा विवाह गर्ने भएको छ ।

केही दिनअगाडि अनुको घरमा बुद्धिले तामाङ परम्पराअनुसार सगुन पोङ राखेका थिए । सोही विधि अनुसारनै तामाङको विवाह असोज ७ गते पक्का भएको थियो ।

विशेषगरी हास्य कलाकारको भूमिकामा देखिने तामाङले सांघुरो, कबड्डी, टलकजङ भर्सेज टुल्के, वडा नम्बर -६, घामपानी,छक्का पञ्जा, नाइ नभन्नु ल, वीर बिक्रम, जय भोले लगायत चलचित्रमा अभिनाय गरिसकेका छन् ।