Tue Sep 27 2022
देश

कपनको आगलागीमा मृत्यु हुने तीनै जनाको सनाखत

काठमाडौं । कपनको एक घरमा भएको आगलागीमा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ ।

राममन्दिर नजिकै रहेको एक ट्रेकिङ अफिसमा बुधबार साँझ आगलागी हुँदा मृत्यु हुनेमा संखुवासभा घर भई सुकेधारा बस्ने अशोक राई, ताप्जेलुङ घर भएका कर्साङ तेन्जी शेर्पा र काठमाडौं–२५ बस्दै आएका छेवाङ शेर्पा रहेका छन् ।

कार्यालयमा अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको प्रहरीले जनाएको छ । घरको माथिल्लो तलामा रहेकाहरुको भने उद्धार गरिएको छ ।

दमकल र सुरक्षाकर्मीको सहयोगमा आगलानी नियन्त्रणमा लिइएको छ ।