Wed Sep 28 2022
मुख्य खबर

नागरिकता विधेयक: राष्ट्रपतिको निर्णयविरूद्धमा सर्वोच्चमा रिट दायर

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ।

संविधान अनुसार नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विरूद्ध सर्वोच अदालतमा बिहीबार रिट परेको हो।

दोस्रोपटक संघीय संसदको दुवै सदनले पारित गरेर प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक अस्वीकार गरेपछि रिट परको हो । सुनिल रञ्जनसिंहले राष्ट्रपति भण्डारीले ‘संसदीय सर्वोच्चता र संविधानको ठाडो उल्लंघन’ गरेको भन्दै सर्वोच्चमा रिट हालेका हुन् ।

बिहीबार सुनिल रञ्जनसिंह लगाएतले रिट हालेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेल जानकारी दिए । उनका अनुसार अहिले रिटमाथि अध्ययन भइरहेको छ ।