Wed Sep 28 2022
देश

प्रदेश गौरवको योजनामा दोलखाको जिरी समावेश गर्ने निर्णय

काठमाडौँ । बागमती प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरी क्षेत्रलाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गरेको छ । प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले दोलखाको जिरीमा मानव निर्मित ताल निर्माण गर्ने योजनालाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको बैठकले मानवनिर्मित पर्यटकीय ताल निर्माण जिरी लाई प्रदेश गौरवको योजनाका रूपमा समावेश गर्ने निर्णय गरेको हो ।

५ वर्षमा सम्पन्न हुने यो आयोजनाको लागत ३ अर्ब ११ करोड हुनेछ जसमा ताल निर्माणका लागि चालु आर्थिक वर्षमा रु १५ करोड प्रदेश सरकारले विनियोजन गरिसकेको छ । जग्गाको मुआब्जा बागमती सरकारले ब्यबस्थापन गर्नेछ र स्थानीय सरकार(निजी क्षेत्रको समेत साझेदारीमा यो आयोजना अघि बढ्ने मन्त्री खड्काले बताए ।

बाग्मती प्रदेशका वन तथा वातावरण मन्त्री समेत रहेका खड्काले यो तालको निर्माण पश्चात् दोलखाको आर्थिक रुपान्तरणमा टेवा पुग्ने भन्दै खुसी ब्यक्त गरे