Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

पाकिस्तानमा सैन्य हेलिकप्टर दुर्घटना, २ जना मेजरसहित ६ जनाको मृत्यु

पाकिस्तानमा सेनाको एक हेलिकप्टर आइतबार राति बलुचिस्तानको खोस्तनजिक दुर्घटनाग्रस्त भएको छ । दुर्घटनामा दुई पाइलटसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाइलट मेजर मोहम्मद मुनीब र पाइलट मेजर खुर्रम शहजादका साथै क्रू सदस्य नायक जलील, सुबेदार अब्दुल वहीद र सिपाही शोएबऔर मुहम्मद रहेका छन् ।

केही समयअघि बलुचिस्तानमा नै हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा लेफ्टिनेन्ट जेनरल सरफराज अलीसहित छ जनाको मृत्यु भएको थियो । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

–बीबीसी