Tue Nov 29 2022
अन्तर्राष्ट्रिय

पोर्चुगललाई हराउँदै स्पेन फाइनल्समा

काठमाडौं । स्पेन यूईएफए नेसन्स लिग फुटबलको फाइनल्समा प्रवेश गरेको छ ।

मंगलबार राति भएको खेलमा पोर्चुगललाई १-० गोल अन्तरले हराएर स्पेनले फाइनल्समा स्थान पक्का गरेको हो ।

स्पेनलाई जित दिलाउन अल्भारो मोराटाले निर्णायक गोल गरे । उनले खेलको ८८ औं मिनेटमा गोल गरेका हुन् ।

यस जितसँगै स्पेनले शीर्ष स्थानमा रहदै लिग ए समूह २ बाट फाइनल्समा स्थान बनाएको हो । स्पेनले ६ खेलमा ११ अंक जोड्यो ।

पोर्चुगल १० अंक जोडेर दोस्रो स्थानमा रह्यो । यसै समूहको अर्को खेलमा स्वीट्जरल्याण्डले चेक रिपब्लिकलाई २-१ ले हराएको छ ।

चेक रिपब्लिक रेलिगेसनमा समेत परेको छ ।