Tue Nov 29 2022
देश

प्रदेश र स्थानीय तहमा आफूखुसी विदेश भ्रमण

काठमाडौं । प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको छ ।

कानुनविपरीत सम्बन्धित कर्मचारी र पदाधिकारीको कार्यक्षेत्र नभएका कार्यक्रममा समेत प्रदेश तथा स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेका हुन् ।

ठूलो सङ्ख्यामा प्रदेश र स्थानीय तहका पदाधिकारी र कर्मचारीले आफूखुसी रूपमा विदेश भ्रमण गर्ने गरेको पाइए पनि यकिन तथ्यांक भने संकलन नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कर्यालयले जनाएको छ ।

सो कार्यालयका सूचना अधिकारी कविता फुयाँलले प्रदेश तथा स्थानीय तहका पदाधिकारीको विदेश भ्रमणसम्बन्धी प्रदेश सरकारबाट सिफारिस भई आएका विषयमा विश्लेषण गर्दा पदाधिकारी र कर्मचारीले आफूखुसी विदेश भ्रमण गर्ने गरेको पाइएको बताउनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।