Tue Nov 29 2022
देश

जिरो किलोमा पाटे बाघ मृत्यु

  • जीतलाल श्रेष्ठ

बारा । बाराको काठमाडौं–तराई (मधेश) जोड्न द्रुतमार्ग अन्र्तगतको जिरो किलोमा पाटे बाघ मृत्यु भएको छ । नेपाली सेनाको क्याम्प भित्र शुक्रबार दिउसो करिब ३ बजे घाईते पाटे बाघ छिर्दा क्याम्प भित्रको सामानमा बाघको आक्रमणबाट क्षति भएको छ ।

दु्रतमार्ग हुदै बाघ क्याम्प भित्र प्रवेश गर्न लागेको पोष्टमा खटिएका सेनाले देख्ने बिक्तिकै सर्तक रहन सुचना दिएसंगै क्याम्पमा रहेका नेपाली सेनाहरु बाघको आक्रमणबाट जोगिएका हुन । बाघले क्याम्प भित्र रहेको एसी, अन्य समान, सवारी साधनहरुमा क्षती पुर्याएको छ ।

करिब एक डेढ घण्टा सम्म त्यस स्थानको वन क्षेत्र र क्याम्प भित्र बाघ देखिएसंगै क्याम्पका नेपाली सेनाले पर्सा राष्ट्रिय निकुञ्जको कार्यालय आधाभार बारालाई जानकारी दिएसंगै निकुञ्जको टोली घटनास्थल आई पुगको थिए ।

अन्य जंगली जनावरसंग जुधेर घाईते भएको बाघ क्याम्प भित्र छिरेको घटनास्थलमा पुगेका पर्सा राष्ट्रिय निकुञ्जको टोलीको प्रारम्भिक अनुमान छ । बाराको निजगढ स्थित बकैया–नागमणी सामुदायिक वन क्षेत्र सम्म निकुञ्ज विस्तार गरिएसंगै विश्व संरक्षित वन्यजन्तुको सूचीमा रहेको पाटेबाघको वृद्धि भएको निकुञ्जले जनाएको छ ।