Tue Nov 29 2022
Breaking News

उम्मेदवार छान्न जसपा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सीट बाँडफाँटमा असन्तुष्ट बनेको जनता समाजवादी पार्टीले उम्मदेवार छनौटका लागि बैठक बोलाएको छ ।

दुवैतिरका उम्मेदवारको तय गर्न आज जसपा कार्यकारिणी समितिको बैठक बस्न लागेको प्रवक्ता मनिस कुमार सुमनले जानकारी दिए । बैठकस्थल भने गोप्य राखिएको छ ।

जसपाको आजकै बैठकले मुख्य उम्मेदवारहरुको टुंगो लगाउने बताइएको छ । सीट बाँडफाँट न्यायोचित नभए गठबन्धनबाट बाहिरने तयारी समेत जसपाको छ । जसपाले मधेसमा आधा सीट अर्थात १६ सहित कम्तिमा २० सीट दावी गरेकोमा १६ सीटमात्र पाएको छ ।