Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

दक्षिणी युक्रेनमा रुसी क्षेप्यास्त्र प्रहार हुँदा कम्तीमा १७ जनाको मृत्यु

दक्षिणी युक्रेनको औद्योगिक सहर जापोरिजियामा सातवटा रुसी क्षेप्यास्त्र प्रहार हुँदा एक बालकसहित कम्तीमा १७ जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

स्थानीय समयअनुसार बिहीबार बिहान प्रहार गरिएका ती क्षेप्यास्त्रहरुमध्ये तीन ओटा सहरका केन्द्रमा खसेका थिए ।

युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राममा भनेको छ, ‘क्षेप्यास्त्र हमलामा एक बालकसहित कुल १७ जनाको मृत्यु भएको छ ।’यसअघि शनिबार मृतकको संख्या १४ जनाइएको थियो । क्षेप्यास्त्र हमलामा मुख्य सहरमा रहेको एउटा पाँच तले भवन पूर्ण रुपमा जलेको छ ।