Mon Nov 28 2022
देश

कमल थापाले एमालेबाट दिए उम्मेदवारी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रतिनिधिसभा सदस्य पदका लागि एमालेबाट उम्मेदवारी दिएका छन् । उनले मकवानपुर क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका हुन् ।

थापाको उम्मेदवारीको प्रस्तावकमा राजाराम बर्तौला र समर्थकमा गुरुप्रसाद सापकोटा छन् । एमालेसँग मकवानपुरमा राप्रपा नेपालले तालमेल गर्दा थापाले एमालेबाटै उम्मेदवारी दिनु परेको हो ।

तालमेल अनुसार थापाले मकवानपुर–१ मा एमालेबाटै उम्मेदवारी दिनु परेको हो । जिल्लाका अन्य सिटमा भने राप्रपा नेपालले एमालेलाई सघाउने भएको छ ।