Tue Nov 29 2022
कर्णाली प्रदेश

पूर्वमन्त्री लेखराज भट्टद्वारा उम्मेदवारी दर्ता

पूर्वमन्त्री लेखराज भट्टले कैलाली निर्वाचन क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार्यालय चौमाला पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

नेकपा एमालेका सुदूरपश्चिम इन्चार्ज समेत रहेका भट्ट केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला तत्कालीन नेकपा खारेजपछि माओवादी छाडेर एमाले रोजेका थिए । २०७४ को निर्वाचनमा उनी माओवादी केन्द्रबाट निर्वाचित भएका थिए ।