Tue Nov 29 2022
Breaking News

मुगुमा पहिराेले घर पुरिँदा ५ जनाकाे मृत्यु, ११ जना बेपत्ता

काठमाडौंं । मुगुको छाँयानाथ रारा नगरपालिका वडा नं ११ को सालिम भन्ने स्थानमा मानबहादुर कुमाईको घर पहिराेले पुरिँदा ५ जनाको मृत्यु भएकाे छ । भने ११ जना बेपत्ता भएका छन् ।

बेपत्ताकाे खाेजी गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।

सुरक्षा टोली घटनास्थलमा पुग्न पनि ठाँउ ठाँउमा पहिरो गरेकाले अफ्टेरो परिरहेको र केही बेरमा पुग्ने जानकारी आफूले पाएको उनले बताए।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार तत्काल गर्न सम्बन्धित जिल्ला प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखि पठाउन निर्देशन दिएका हुन् ।

गृहसचिव विनोदप्रकाश सिंह, मन्त्रालयका सुरक्षा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेल, नेपाल प्रहरीका कर्णाली प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेल र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई गृहमन्त्री खाणले निर्देशन दिए् ।