Mon Nov 28 2022
खेलकुद

च्याम्पियन्स लिगमा बायर्न प्रि–क्वाटरफाइनलमा : बार्सिलोना र इन्टरमिलानले बराबरी खेले

काठमाडौँ । यूईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब बायर्न म्युनिख लगातार चौथो जितसहित प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणको चौथो खेलमा भिक्टोरिया प्लेजेनलाई ४–२ गोलले हराउँदै बायर्न अन्तिम १६ मा पुगेको हो । बायर्नको जितमा लियोन गोरेट्जकाले दुई तथा साडियो माने र थोमस मुलरले समान एकरएक गोल गरे । प्लेजेनका एडाम भिकानोभा र जान क्लिमेन्टले गोल गरे ।

जितसँगै समूह ‘सी’ मा लगातार चौथो जित निकालेको बायर्न १२ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । यो समूहको अर्को खेलमा बार्सिलोना र इन्टर मिलानले बराबरी खेलेका छन् । बार्सिलोना र इन्टर मिलानले ३–३ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।

बराबरीको यो नतिजाले बार्सिलोनालाई अर्को चरणमा पुग्न कठिन बनाएको छ । यो समूहमा मिलानको ७ तथा बार्सिलोनाको ४ अङ्क छ ।