Mon Nov 28 2022
अन्तर्राष्ट्रिय

विश्वभर मंकीपक्स संक्रमितको संख्या ७० हजार

विश्वव्यापी रुपमा मंकीपक्स संक्रमणको संख्या ७० हजारभन्दा बढी नाघेको डब्लूएचओले चेतावनी दिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बुधबार गत साता धेरै देशहरूमा संक्रमणको संख्या बढ्दै गएको जनाएको छ।

डब्ल्यूएचओ प्रमुख टेड्रोस अधानोम गेब्रेयससले ७० हजारभन्दा बढी संक्रमणका घटना संयुक्त राष्ट्रअन्तर्गतको स्वास्थ्य एजेन्सीमा रिपोर्ट गरिएको छ।

अहिलेसम्म मंकीपक्सबाट २६ जनाको मृत्यु भएको छ।