Sat Dec 10 2022
मुख्य खबर

खाद्य अधिकारको विषय ओझेलमा

मधु पौडेल, बाँके- आज अक्टोबर १६ तारिक अर्थात विश्व खाद्य दिवस । विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी विश्व खाद्य दिवस मनाइएको छ । नेपालमा पनि दिवसको अवसरमा आज विभिन्न सचेतनामूलक कार्यक्रमहरु आयोजना भए । तर दिवस मनाउँदै गर्दा खाद्यअधिकारको विषय भने नेपालमा ओझेलमा परेको पाइएको छ ।

 स्थानिय विशेषता रहेका अन्नवाली विस्तारै उत्पादन हुन छाड्नु, अत्याधिक विषादीको प्रयोगले उत्पादनशिल विशेषतायुक्त माटोको क्षमतामा ह्रास आउनु र विस्तारै रैथाने विउ विजन लोप हँुदै जानु यस शताब्दिको खाद्यान्न व्यवस्थापनको चुनौति हो । यसरी परम्परागत अन्न उत्पादनको प्रक्रियालाई छोड्दै जाँदा पछिल्लो समय विषादियुक्त खाद्यहरु प्रयोगमा आउँदा रोग समेत भित्रिने गरेको बाँकेका कृषकहरु बताउँछन् ।
खाद्यअधिकार पनि मानव अधिकारको विषयमा आउने भएता पनि यसको उजुरी अन्य अधिकार हनन भए जस्तो नआउने मानव अधिकार आयोगले जनाएको छ ।
खाद्यअधिकारको विषयलाई हेर्दा कुनै पनि अवस्थामा सरकारी संयन्त्र संवेदनशिल नभएको यस सम्बन्धी काम गर्दै आएका गैरसरकारी संस्थाहरुको प्रतिक्रिया रहेको छ ।

यसरी खाद्यअधिकारका विषयमा उपभोक्ता तथा उत्पादक अनविज्ञ हुदै गर्दा पछिल्लो समय सुधारात्मक अवस्थामा अगाडि बढिरहेको कृषी ज्ञान केन्द् बाँकेको दाबी रहेको छ ।

भारतसंग खुला सिमा जोडिएको बाँकेमा अधिकांश खाद्यान्नहरु भारतिय बजारबाट आयात हुने हुदाँ यसको शुद्धता बारे न त सरकार न त उपभोक्ता कसैलाई जानकारी छैन । साथै जिल्ला स्तरमा खाद्यअधिकारका विषयमा हुने गतिविधि पनि निकै कम छ ।

अझ चाडपर्वमा मात्रै खाद्यान्नको अनुगमन हुदाँ उपभोक्ताले उपभोग गर्ने खाद्यन्नको गुणस्तर तथा खान पाउनु पर्ने अधिकारको सुनिश्चिता हुन सकेको छैन । यसतर्फ सरोकार पक्ष संवेदनशिल हुन आवश्यक छ ।