Wed Dec 7 2022
खेलकुद

नवौं राष्ट्रिय : ११० मिटर पुरुष हर्डल्समा आर्मीका जीवनलाई स्वर्ण

पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सको १ सय १० मिटर पुरुष हर्डल्समा त्रिभुवन आर्मी क्लबका जीवन चौधरीले स्वर्ण पदक जितेका छन् ।

पोखरा रंगशालामा सोमबार भएको खेलमा जीवनले निर्धारित दुरी १५.०३ सेकेन्डको समय निकाल्दै स्वर्ण जितेका हुन् ।

पुलिसका चन्द्रदेव जोशीले १५.८१ सेकेन्डसहित रजत जित्दा कास्य जितेका आर्मीका राम प्रसाद थारुले १६.०० सेकेन्डको समय निकाले ।