Wed Nov 30 2022
देश

ताप्लेजुङमा ट्याक्टर, ४ जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका(४ स्थित याम्फेवा खोला नजिकै मंगलबार राति भएको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

मंगलबार राति करिब साढे १२ बजेको समयमा अल्फाबेट नखुलेको ५५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

सोही दुर्घटनामा परी मैवाखोला वडा नम्बर ५ काम्सङ बस्ने वर्ष ३१ का ट्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ का फुर्वा शेर्पा, मैवाखोला ४ ओदक बस्ने वर्ष २२ की शर्मिला सेर्पा र वर्ष १७ का लाकी शेर्पाको मृत्यु भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिनुभयो ।

ट्याक्टर सडकबाट करिब २ सय मिटर मुनि झरेको उहाँले बताउनुभयो । ट्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युतको सब स्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्याक्टरमा सवार थिए ।