Wed Nov 30 2022
खेलकुद

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हरायो : चेल्सी र ब्रेन्टफोर्डले बराबरी खेले

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले टोटनहमलाई हराएको छ ।

राति भएको खेलमा युनाइटेडले टोटनहमलाई २–० गोलले हरायो । पहिलो हाफ बराबरी खेलेको टोटनहमले दोस्रो हाफमा दुई गोल खायो ।

युनाइटेडका फ्रेडले खेलको ४७ औँ मिनेटमा र ब्रुनो फर्नान्डेजले ६९ औँ मिनेटमा एकरएक गोल गरे ।

जितसँगै युनाइटेड १० खेलमा १९ अंक जोडेर अंकतालिकाको पाँचौ स्थानमा रहेको छ । टोटनहमको ११ खेलमा २३ अंक छ । टोटनहम तेस्रो स्थानमा छ ।

१० खेलमा २७ अंकका साथ आर्सनल शीर्ष र २३ अंक रहेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ ।

अर्को खेलमा लिभरपुलले वेस्ट ह्याम, न्यूक्यासलले एर्भटन र साउथह्याम्पटनले बर्नमाउथलाई समान १–० गोलले हराएका छन् ।

त्यस्तै चेल्सी र ब्रेन्टफोर्डले गोलरहित बराबरी खेलेका छन् ।