Wed Nov 30 2022
देश

सञ्जय बुचा प्रदेश १ कै उत्कृष्ट प्रहरीबाट सम्मानित

काठमाडौँ । नेपाल प्रहरी दिवसको अवसरमा प्रदेश १ मा प्रहरी निरीक्षक सञ्जय बुचा सम्मानित भएका छन् । उत्कृष्ट कार्य गरेकाले प्रहरीको ६७ औ दिवसमा बुटवलका प्रहरी निरीक्षक बुचा सम्मानित भएका हुन् । नेपाल प्रहरी प्रदेश कार्यालय धरानमा उनी कार्यरत छन् ।

प्रदेश १ प्रहरी कार्यालयको विराटनगरमा उनी सम्मानित भएका छन् । प्रदेशमा शान्ति सुरक्षा, अमनचयन, अपराध अनुसन्धान र स्थानीय तहको चुनावमा जोखिमपूर्ण काम गरेकाले उनलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्की, प्रदेश प्रहरी प्रमुख सुदीप गिरीको उपस्थिति थियो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरिक्षक जयराज सापकोटाले पुरस्कार वितरण गरेका थिए ।