Thu Dec 1 2022
खेलकुद

च्याम्पियन्स लिगमा पोर्टोसँग पराजित एट्लेटिको मड्रिड युरोपा लिगमा पुग्न समेत असफल

काठमाडौँ । युरोपेली च्याम्पियन्स लिगमा समूह चरणको अन्तिम खेलमा पराजित भएपछि एट्लेटिको मड्रिड यस सिजन युरोप लिगमा समेत नपुगि बाहिरिएको छ ।

च्याम्पियन्स लिग इतिहासमा एट्लेटिको पहिलो पटक समूहको पुछारमा रहन पुग्यो । गएराति भएको खेलमा एट्लेटिको मड्रिड एफसी पोर्टोसँग उसैको मैदानमा २–१ गोलले पराजित भयो । यो हारसँगै एट्लेटिको अंक तालिकाको पुछारमा छ ।

समूह ‘बी’ को अर्को खेलमा क्लब ब्रुग र लेभरकुसनले गोलरहित बराबरी खेले । एफसी पोर्टो ६ खेलमा १२ अंकका साथ शीर्षस्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । समान खेलमा ११ अंक रहेको क्लब ब्रुग पनि अन्तिम १६ मा पुगेको छ ।